राजनीति

काँग्रेस बिरुद्ध आक्रामक बने एमाले बरिष्ठ नेता खनाल, भने काँग्रेस गलत छ

काठमाडौँ, असार २६ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले हरेक घटनामा संसदीय समिति बनाउन नहुने बताउनुभएको छ ।प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधानविरुद्ध हिंसाको बाटोमा अब कोही पनि जान नहुने बताए । नेता खनालले सरकारले सबैलाई शान्ति प्रक्रियामा ल्याउन प्रयास गर्नुपर्ने सुझाव दिए ।

नेपाली काङ्ग्रेसका सांसद गगनकुमार थापाले सर्लाहीमा भएको घटनाले लोकतन्त्र नै कमजोर हुने देखिएकाले छानबिन समिति गठन हुनुपर्ने माग राखिएको बताए ।

“संविधान एवं संसद्ले पारित गरेको कानूनसँग जोडिएको विषय भएकाले समिति गठन हुनुपर्छ, पेट्रोलियम पदार्थको भाउ रु पाँच बढेका बेला, निर्वाचनमा धाँधली भयो भनी संसद्बाटै छानबिन समिति बनेको छ, यो घटनाको सत्यतथ्यमा पुगिएन भने लोकतन्त्र खतरामा पर्नसक्ने भएकाले समिति गठनको माग गरेका हौँ”, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker