हेडलाईन

वर्षातको शुरुवातसँगै विपद् व्यवस्थापनमा जुट्दै प्रदेश सरकार

काठमाडौँ, असार २६ । वर्षातको शुरुवातसँगै प्रदेश नं ५ सरकार उद्दार र राहतमा जुटेको छ । वर्षाको समयमा हावाहुरी, बाढी पहिरो र चट्याङका कारण ठूलो क्षति हुने भएका कारण विपद् व्यवस्थापन योजना बनाएर प्रदेश सरकारले काम गरिरहेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले विपद् व्यवस्थापन समिति र प्रहरीसँग मिलेर विपद् प्रभावित जिल्लामै गएर राहत वितरण गरेको छ । यो वर्ष हावाहुरीबाट सबैभन्दा धेरै अर्घाखाँचीमा क्षति भएको छ । विपद् प्रभावित जिल्लामा अहिलेसम्म रु ९२ लाख ६० हजार बराबरको राहत सामग्री वितरण गरिएको मन्त्रालयका सूचना अधिकारी नारायण अर्यालले जानकारी दिए । 

विपद् व्यवस्थापनका लागि मन्त्रालयले सामग्री खरीद गर्ने अख्तियारी विपद् व्यवस्थापन समिति र प्रदेश प्रहरी कार्यालयलाई दिएको छ । प्रदेशका १२ वटै जिल्लाका विपद् व्यवस्थापन समितिलाई रु ६० लाख र प्रदेश प्रहरी कार्यालयलाई रु पाँच लाख बराबरको उद्दार र राहत सामग्री खरीद गर्ने अख्तियारी दिइएको अर्यालले बताए । 

मन्त्रालयले पूर्व सूचना प्रणालीका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरेको थियो । मन्त्रालयमा विपद् व्यवस्थापन सामग्री भण्डारण नगरिए पनि जिल्लामै सामग्री खरीदका लागि बजेट उपलब्ध गराइएको उनले बताए । विपद् व्यवस्थापनको योजना बनाउन मन्त्रालयले पाल्पा, गुल्मी, प्यूठान, दाङ, कपिलबस्तु ,बाँके, र्बिदया र नवलपरासीमा सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रम गरी विपद्को आकलन गरिएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा विपद्बाट हुने क्षति वर्सेनी बढ्दै गएकाले दीर्घकालीन व्यवस्थापन योजना बनाउने तयारीमा मन्त्रालय लागेको सूचना अधिकारी अर्यालले बताए ।  मन्त्रालयले विपद्पछिको उद्धारलाई छिटो छरितो र प्रभावकारी बनाउन बुटवल, दाड र बाँकेमा प्रकोप व्यवस्थापन केन्द्र बनाउने तयारी गरेको छ । प्रदेश प्रहरीले सम्भावित प्रकोपजन्य घटनाको उद्धारका लागि प्रदेशमा १२५ जना तालीम प्राप्त सुरक्षाकर्मी तयार गरेको छ ।

प्रहरी निरीक्षक दिवाकर रिजालको नेतृत्वमा रहेको उक्त विपद् व्यवस्थापन गुल्म प्रदेश प्रहरी कार्यालयमा तयारी अवस्थामा छ । वर्षाजन्य प्रकोप शुरु भएपछि त्यसलाई बुटवलस्थित दङ्गा प्रहरी गण र बाँकेको खजुरा गणमा राखिनेछ । प्रदेश नं ५ मा विपद्बाट हुने क्षति वर्सेनी बढ्दै गएको तथ्याङ्कले देखाउँछ । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार प्रदेशका १२ जिल्लामा अघिल्ला तीन वर्षमा प्राकृतिक विपद्बाट २८० जनाले ज्यान गुमाएका थिए भने २३४ जना घाइते भएका थिए ।

सो अवधिमा चार हजार ९५४ चौपाया मरेका छन् भने एक हजार ७३३ घाइते भएका छन् । विपद्कै कारण ३९ हजार ५१७ वटा घर र एक हजार ७८१ वटा गोठमा नोक्सानी पुगेको छ । यो प्रदेशमा प्राकृतिक विपद्बाट प्रतिवर्ष ८४ जनाको ज्यान जाने गरेको छ भने ७५ जना घाइते हुने गरेका छन् ।

प्रकोपको क्षति बढ्को अवस्थामा रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताउनुभयो । प्रदेशका १२ जिल्लामध्ये विपद्बाट सबैभन्दा धेरै मानवीय क्षति हुने जिल्ला दाङ हो । विपद्बाट विगत तीन वर्षमा दाङमा ६४ जनाको ज्यान गएको छ । दोस्रो धेरै मानवीय क्षति हुने जिल्ला कपिलवस्तु रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker