हेडलाईन

के छविले शिल्पाको कानको जाली नै फुट्ने गरी कुटेका हुन् ? आज दुवै पक्ष प्रहरीसँग बसेर छलफल गर्दै

काठमाडौँ– निर्माता छवि ओझाकी चौथो तथा कान्छी श्रीमती बनेर छविको घरमा भित्रीएकी चर्चित नायिका हुन् शिल्पा पोखरेल । २०७३ सालको दशैँमा गोप्यरुपमा नायिका शिल्पा पोख्रेलसँग चौथो विबाह गरेका निर्माता ओझाले पत्नि शिल्पालाई कुटपिट गर्दै कानको जाली नै फुटाइदिएपछि शिल्पा विगत २ हप्तादेखि घर छाडेर हिँडेकी छिन् भने छवीले पनि शिल्पालाई लिन नगएको स्रोतको भनाई छ ।

१५ दिनदेखि शिल्पा दाई मान्दै आएका निर्माता तथा निर्देशक विकाश रौनियारको घरमा बस्दै आएकी छिन् । शिल्पा पक्षले गएको मंगलबारसम्म पनि छविले कुनै वास्ता नगरेपछि प्रहरीको गएर उजुरी दिएसँगै प्रहरीले दुवै पक्षलाई छलफलका लागी बोलाएको स्रोतले जनाएको छ ।

छविले आफ्नो कानको जाली नै फुट्नेगरी कुटपिट गरेका कारण घरेलु हिंसाको उजुरी दर्ता गराएको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले बताए । ओझासँग विवाह गरेकी शिल्पाले घरेलु हिंसाको उजुरी दर्ता गराई श्रीमानले हातपात गर्दा आफ्नो कानको जाली फुटेको उल्लेख गरेसँगै आज दुवै पक्षलाई छलफलको लागी बोलाएको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker