के बार्सिलोना जान लागेका हुन् नेइमार ?
एजेन्सी । दुई बर्षअघि कीर्तिमानी दुई सय २२ मिलियन युरोमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन गएका नेइमारसँग उनको क्लब नराम्रोसँग रिसाएको छ । पीएसजीले क्लबलाई उपयुक्त हुने प्रस्ताव आएका उनले छाड्न सक्ने संकेत दिँदै सर्तक हुन समेत सबैलाई आग्रह गरेको छ ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन गएको छोटो समयमा नै नेइमारले पटक पटक आँफु आफ्नै घरमा जान चाहेको भन्ने अभिब्यक्ति दिँदै आएपछि पीएसजीका खेल निर्देशक लियोनार्दोले सबैलाई उपयुक्त हुने प्रस्ताव आएमा नेइमारले क्लब छाड्न सक्ने संकेत गर्दै भने लियोनार्दोले नेइमारलाई लैजान पीएसजीमा अहिलेसम्म उपयुक्त प्रस्ताव नआएको र बार्सिलोनासँग कुराकानी भइरहेको रहस्य समेत खोल्न भ्याएका छन् ।
नेइमारसँग रिसले आगो भएका लियोनार्दोले भने पीएसजीलाई क्लबलाई माया गर्ने खेलाडी चाहिएको पनि बताएका छन् । ‘पिएसजीसँग यस्तो खेलाडी होस्, जो यहाँ बसेर धेरै राम्रो गर्न सक्छ ।