समाचार

सिंहदरबारको पर्खाल भत्किँदा यातायात अवरुद्ध, पन्छाउने काम सुरु

काठमाडौँ । निरन्तरको वर्षाका कारण देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको पर्खाल भत्किको छ । गएरातीदेखिको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनीरहेका बेला सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको । महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । लगातारको वर्षाका कारण गेटको पर्खाल भत्किँदा राजधानीको मुख्य स्थान सिंहदरबार आसपासको सवारी आवागमन प्रभावित भएको छ ।

अहिले उक्त भत्किएको पर्खालको ढुंगा माटो पन्छाएर अवरुद्ध सडकलाई पन्छाउने काम भइरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । त्यस्तै अविरल वर्षाको कारण हेटौँडा कुलेखानी सिस्नेरी दक्षिणकाली हुँदै काठमाडौँ जाने सडक अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिकाको वडा नं २ र ३ को विभिन्न ठाउँमा पहिरो गएको छ भने वडा नं ३ को ज्यामिरेमा २०० मिटरसम्म सडक पहिरोले पुरिएको र सो सडकको पहिरो पन्छाउन केही दिन लाग्ने सिस्नेरी प्रहरी चौकीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker