हेडलाईन
सप्तकोशीमा खतराको बत्ती बालियो रातो झण्डा फहराइयो, सतर्क रहन आग्रह
लगातारको अबिरल वषका कारण कोशी नदिमा पानीको बहाब बढेको छ । शुक्रबार बिहान ८ बजे पानीको बहाव १ लाख ७९ हजार ६१५ क्युसेक पुगेको हो । अहिले पानी निकासीको लागि ५६ मध्ये २३ वटा ढोका खोलिएको छ ।
बिहीबार राती पानीको बहाव १७८११० क्युसेकपुगेको थियो । बिहान ४ बजे केही घटेर १६८८२० पुगे पनि ८ बजेदेखि फेरि बढ्न थालेको हो पानीको बहाब बढेपछि सर्तक रहन आग्रह गरिएको छ ।
पानीको बहाव डेढ लाख क्युसेक नाघेसँगै खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ भने रातो झण्डा फहराइएको छ । स्थानीय प्रशासनले नदीको किनारमा रहेका स्थानीयहरुलाई सतर्क रहन सुचना जारी गरिसकेको छ ।