अर्थ खबर

आज घट्यो सुनको भाउ

काठमाडौं । आज सुनको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा दुई सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुन ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मूल्य पनि सस्तिएको छ । आज तेजाबी सुनको मूल्य तोलामा ६४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ।

बिहीबार तेजाबी सुन ६४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मुल्य पनि ओरालो लागेको छ। आज चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button