समाचार

विपदजन्य घटनामा ४० वर्षमा ४० हजारकै निधन ३१० जना बेपत्ता

[mashshare]

काठमाडौँ – काठमाडौं । गृह मन्त्रालयका अनुसार विगत ४० वर्षको अवधिमा बाढीपहिरो र विभिन्न प्रकारका विपदजन्य घटनामा परी ४० हजारभन्दा बढीको मृत्यु भएको छ। यस अवधिमा विपदका २२ हजार ३७२ घटना भएका छन्। जसका कारण ३१० जना अहिले पनि बेपत्ताको सूचीमा रहेको गृह मन्त्रालयअन्तर्गतको विपद व्यवस्थापन महाशाखाले जानकारी दिएको छ। यो समाचार आजको राजधानी दैनिकमा छ ।

विपदबाट सो अवधिमा ५९ लाख ३२ हजार १२ घरपरिपार प्रत्यक्ष प्रभावित भएका छन् भने ३५ हजारभन्दा बढी घर पूर्ण रुपमा क्षति भएको छ। गृहमन्त्रालयका अनुसार यस अवधिमा राजमार्ग तथा भिरालो पहाडमा गरी दुई हजारभन्दा बढी पहिरो गएको छ। यसैगरी यस अवधिमा मुसलधारे वर्षा, बाढीपहिरोले गरी ४२ हजार ९०० हेक्टर भूमागमा क्षति पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker