Uncategorized

नेपालले दियो मलेसियालाई १७४ रनको लक्ष्य

काठमाडौं । विनोद भण्डारीको अर्धशतकमा नेपालले मलेसियालाई १७४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । मलेसिया भ्रमणमा रहेको नेपालले दोस्रो तथा अन्तिम टी(ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा घरेलु टिम मलेसिया बिरुद्ध १७३ रनको फराकिलो योगफल तयार पारेसँगै मलेसिया थप दबाबमा देखिएको छ । किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनायो । नेपालको लागि विनोद भण्डारीले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । योसँगै विनोद टी(ट्वान्टी अन्तराष्ट्रियमा अर्धशतक बनाउने चौंथो खेलाडी बनेका छन् ।

यसअघि नेपालका कप्तान पारस खड्का, सन्दीप जोरा र सुबास खकुरेलले अर्धशतक बनाएका छन् । यस्तै शरद भेषवाकरले ४० रन जोड्दा कप्तान पारस खड्काले २३ रन जोडे । यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले ७ विकेटले मलेसियालाई पराजित गरेको हो । टी– ट्वान्टी सिरिज सकिएपछि नेपाली टोली त्यतैबाट सिङ्गापुर प्रस्थान गर्नेछ । साउन ६ देखि १२ गतेसम्म आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटमा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत भिड्ने छन् ।नेपालले पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker