Uncategorized

शासकहरुसंग इमान्दारिता खोज्न नसक्नु हामी नेपालीको मुख्य कमजोरी !

अनिल योगी

साशकहरुसंग ईमान्दारिता खोज्न नसक्नु हामी नेपालीको नै कमजोरी हो । किन कि नेपालका नेताहरुले जस्तो नेपाली जनतालाई सफेद झुट राणा र राजाले समेत बोलेका थिएनन् । आजको ब्यवस्था २०४६ सालमा भएको परिवर्तनले नै ल्याएको हो । एक दशक लामो युद्ध र २०६२र०६३ को आन्दोलन एक नाटक मात्र थियो । २०४६ सालमा बनेको संबिधानमा बिदेशिले आफ्नो भुमिका पाएका थिएनन् । त्यो संबिधान फाल्नका लागि विभिन्न प्रकारका नाटक रचिएका मात्र हुन् ।

हजारौ नेपाली जनताको खुन खराब गर्दै, खरबौ राज्यको सम्पतिलाई नोक्सान गरेर बनाएको यो संबिधान पनि जान्छ । यतिका नेपाली जनता नेपालका नेताहरु किन मराए रु यो बिषयमा अझै बहस भएको छैन । राष्ट्र र नेपाली जनताका जीवन प्रती गरिएको घातका बिषयमा, सत्य र न्यायका पक्षमा अडिक हुँदै बोल्न डराउने कायरहरुका बारेमा बहस गर्दै गरौंला ।

२०४६ साल भन्दा अगाडि जुन बेला राजाहरुले देशको नेर्तित्व गरेका थिए( त्यो समयमा नेपाल राष्ट्रको अस्तित्व माथी प्रश्न उठेको सुनिएको थिएन । देश भित्र कुनै प्रकारको सामाजिक दोन्द र युद्धको अबस्था पनि थिएन । दलका नेताहरुले प्रजातन्त्रको माग राखे, आन्दोलन गरे( त्यो मागलाई राजसस्थाले सम्बोधन गर्‍यो र प्रजातन्त्र बाहाली गरिदियो ।

दलका नेताहरुको आज जुन प्रकारको रवाफ र मस्तिको जीवन छ, यो जीवन राजसस्था र राजाहरुले गरेको त्यागको परिणाम हो । त्यही राजसस्था र राजालाई सिल्ली नेताहरु अहिले सम्म मौका परे सम्म गाली गर्दैछन् ।

हजारौ नेपाली जनताका जीवन समाप्त पारेका आएकाहरुको शासन सत्ता संचालन गरेको गति र मति हेर्दा( नेपालको राजनितिमा अनिष्टको बादल मडारिएको चित्र स्पष्ट रुपमा देखिन थालेकोछ । किन कि राष्ट्र र समाज यसरी चलाईदैन र जनताले यस्तो कुसाशनलाई सहन सक्दैनन् ।

कलम चलाउन सक्नेहरु, के ठिक हो र के बेठिक हो भनेर थुतुना चलाउन जान्नेहरु, आफुलाई बिद्धान ठान्नेहरु, राज्यका महत्वपूर्ण ठाउमा बसेर देशको दोहन गर्नेहरु, बिगत गरेर जुका जस्तै मोटाएकाहरु कुनै न कुनै स्वदेशी यात बिदेशिको दाश बन्नुमा र उनिहरुले दिएको लित्को चाट्नुमा रमाईलो मानी रहेका छन ।

आजको नेपाली जनताको बिवेकलाई यो देशका साशकहरु र सिधै प्रचण्डको भाषामा भन्दा सुकिला मुकिलाहरु- बिद्धान बुद्धिजीवी भन्नेहरु- आफुलाई धनिधानि ठान्नेहरु-देश बिदेशका राजनितिक सिद्धान्त र बिचार पढेकाछौं भन्नेहरु- मुख्यतः राज्यको जिम्मेवार ठाउमा बसेर जनताका बिरुद्ध काम गर्ने र युद्धका कारण नखोज्नेहरु बिरुद्ध नेपाली जनताले बिद्रोह गर्नु बाद्यता हुनेछ ।

बुझ्नुपर्ने ठाउमा बसेर पनि नबुझ्नेलाई – लेखेर भन्दा भएन भने- बोलेर भन्दा भएन भने- भेटेरै सम्झाउँदा पनि सुनेनन भने- जनताले कन्चन्टमा ढुंगा यात बन्दुक हान्नुपर्ने बाध्यतानै हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker