Uncategorized

बाढी पहिरोमा परि ज्यान गुमाएकाप्रति दु:ख ब्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्यो पुनरुत्थानवादी शक्ति नेपालले

काठमाडौँ । अविरल वर्षाका कारण देशको विभिन्न भागहरुमा जनधनको ठूलो क्षति पुगेसँगै पुनरुत्थानवादी शक्ति नेपालले दुस्ख ब्यक्त गर्दै प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । पुनरुत्थानवादी शक्ति नेपालका प्रवक्ताद्धारा जारी गरिएको विज्ञप्तिमा जनजीवन आहत भएको विपदको यस समयमा धैर्य धारण गरि उद्धार, पुनःस्थापना र राहत कार्यमा जुट्न सरकार, राजनीतिक दलहरु र आमजनता सबैमा अपिल गरिएको छ ।

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोबाट यो समाचार तयार पार्दासम्म ४३ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानारी दिए । उनका अनुसार अहिलेसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको राससलाई जानकारी दिए। अहिलेसम्म एक हजार सयौंको उद्धार गरिएको छ ।यो समाचार तयार पार्दासम्म ललितपुरमा र भोजपुरमा पाँच–पाँच, मकवानपुरमा चार, काठमाडौँ, खोटाङ ,ओखलढुङ्गा र काभ्रेमा तीन–तीन, धादिङ, झापा, सिन्धुलीमा दुई–दुई जना तथा पाल्पा, पर्सा, रामेछाप, ईलाम, सुनसरी, बारा, रौतहट, सिराहा, धनुषा, चितवन र डोल्पामा एक–एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृतक मध्ये १८ जना महिला र २५ जना पुरुष रहेको जनाइएको छ । बाढीपहिरोमा परी मकवानपुरमा चार, धनकुटामा तीन, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा दुई, दुई, खोटाङ, धादिङ, चितवन, दोलखा र रामेछापमा एक–एक गरी २० जना घाइते भएका छन् । यस्तै सिन्धुली छ, इलाम र मोरङ्गमा तीन–तीन, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ, काठमाडौँ र ललितपुरमा एक–एक जना गरी २४ जना बेपत्ता भएका छन् । सुरक्षाकर्मीले अहिले पनि उद्धार कार्य भने जारी रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker