कैयौँ परिवारका सैयौँ राजाहरु भन्दा एउटै परिवारका एउटै राजा ठिक भन्दै सडकमा उत्रिए वीर गोर्खाली

काठमाडौँ । पछिल्ला दिनमा सामाजिक संजालमा कैयौँ परिवारका सैयौँ राजाहरु भन्दा एउटै परिवारका एउटै राजा ठिक भन्ने भनाई चर्चामा रहेको छ । मुलुकमा गणतन्त्र आएसँगै आम नागरिकले आफ्नो अधिकार पाउँछन्, गाउँ घरमा जागीर, सस्तो ब्याजमा ऋण, महंगी नियन्त्रण, लगायतका विषयहरु लागू होलान् भन्ने आम नागरिकको आशा विस्तारै निराशमा परिणत भएको छ ।

यसैबिच वीर गोर्खालीले ओली सरकारले सर्वसाधारणलाई दैनिक खानमा विषादी खुवाएको कदमको बिरोध गर्दै आएको छ । विर गोर्खालीले बिकाशक्षेत्रदेखि गाबिस प्रमुखसम्म तोक्दै गएको असार २३ गते पूर्व राजा ज्ञानेन्द्र वीर बिक्रम शाहदेबको जन्मोत्सव पारेर राजदरबार नारायणहिटि गेटमा पूर्व राजा-रानी अंकित टि-सर्ट बितरण गरेर भब्य रुपमा मनाएका थिए ।

त्यस्तै गत २८ गते शनिबार कालिमाटी चोकमा भारतबाट आयातित तरकारी फलफूल बिषादियुत्त भएकोले यसको बिरोध गर्दै ‘बिसादियुक्त तरकारी फलफूल खाइदैन लम्पसारवाद कठपुतली सरकार चाहिदैन’ भन्ने मुल नाराको साथ सरकार बिरुद्ध बिरोध कार्यक्रम गरेको थियो। पछिल्लो समय वीर गोर्खालिले आफ्नो कार्यक्रमलाई तिब्रता दिने क्रममा विरोधका कार्यक्रमहरु गाउँ गाउँमा पुर्याउने लक्ष्य समेत लिएको बताउँदै आएको छ ।

वीर गोर्खलिले आफ्नो भाबी रणनिती, संगठन बिस्तार र विशेष गरि राजा-रानी अंकित टि-सर्ट गाउँ-गाउँ सम्म पुर्याउन राज्यको पुरानै संरचना ५ बिकाश क्षेत्र १४ अञ्चल ७५ जिल्ला लगायत गाबिससम्म प्रमुख तोक्ने वीर गोर्खालिका अभियन्ता सन्तोष राजावादीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close