Uncategorized
दुई सयले घट्यो सुनको मुल्य
काठमाडौँ- आइतबार सुनको मुल्य घटेको छ । आज सुनको मूल्य तोलमा दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए आइतबार तोलामा २ सय रुपैयाले घटेर तोलामा ६४ हजार ५ सय रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ । आज तेजावी(सुनको मुल्य प्रतितोला ६४ हजार २ सय रुपैयामा किनबेच भइरहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा ७ सय २५ रुपैयामा कायम रहेको चाँदीको मुल्य आज पनि सोहि मुल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।