इंग्ल्याण्डले जित्यो विश्वकप क्रिकेटको उपाधि

काठमाडौँ । घरेलु टोली इंग्ल्याण्डले १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । लण्डनमा आइतबार भएको रोमान्चक फाइनलमा न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्याण्डले उपाधि जित्न सफल बन्दा इग्ल्याण्ड निराश भएर घर फर्कियो । लर्ड्स क्रिकेट मैदानमा न्युजिल्याण्डले दिएको २४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा अलआउट हुँदै २४१ रन बनाएपछि खेल सुपर ओभरमा गएपछि इंग्ल्याण्डले १५ रन जोड्दै न्युजिल्याण्डलाई १६ रनको लक्ष्य दियो ।

जवाफमा न्युजिल्याण्डले १५ रन नै बनायो । तर, सुपर ओभरमा समान स्कोर भएपनि बढी बाउन्ड्री प्रहार गरेको कारण इंग्ल्याण्डले उपाधि जित्दै न्युजिल्याण्डलाई घर फर्काइदियो । सुपर ओभरमा जानुअघि इंग्ल्याण्डका बेन स्टोक्स र जोश बटलरले अर्धशतकीय इनिङ्स खेले । बटलर ५९ रनमा आउट भए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २४१ रन बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close
Close