जिस्काम्छे मुइयाले भन्दै प्रेमीकासँग यसरी खुले सरोज
काठमाडौं । प्रेमी प्रेमीकाको माया प्रेम र रोमान्सलाई मुख्य विषय बनाइएको जिस्काम्छे मुइयाले बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक सुरज श्रेष्ठको आवाजमा समावेश जिस्काम्छे मुइयाले बोलको गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ। चैतमासको हावाहुरी साउनको पानी पहिला पहिला रिसाइहाल्थी हाम्ले बोलाम्दानी लगायतका शब्दावालीमा गीत निकै नै रोमान्टिक बनेको छ।
गीतमा प्रेमीकाले मुखले नबोलाई आँखाले बोलाउने कुरा गर्दा कलाकारहरू गज्जबसँग खुलेको देख्न सकिन्छ। द कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माका अलावा लाक्पा डी लामा, राम घले, सुविन चौहान, साजन चौहान लगायतको अभिनय रहेको गीतमा ज्ञानेन्द्र शर्माको छायांकन, द कार्टुन क्रुको कोरियोग्राफी रहेको छ भने भिडियोमा निर्देशन सरोज अधिकारीले गरेका हुन्। भिडियो सार्वजनिक भएसँगै राम्रो चर्चा बटुलीरहेको छ ।