Uncategorized
बलिउड नायिका पूजा बत्राले गरिन् ४२ वर्षको उमेरमा सुटुक्क दोस्रो बिहे
बलिउड नायिका तथा पूर्वमिस इन्डिया पूजा बत्रा दोस्रोपटक विवाह बन्धनमा बाँधिएकी छन्। अक्सर आफ्नो व्यक्तिगत जीवनकै कारण चर्चामा आइरहने पूजाले ४२ वर्षको उमेरमा अभिनेता नवाब शाहका साथ गुपुचुपरूपमा विवाह गरेको भारतीय अनलाइन वेब दुनियाँले जनाएको छ।
पछिल्लो समय प्रेम सम्बन्धमा रहेको भनिएका उनीहरूले यसबारे मुख खोलेका थिएनन्। यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ। हालै मात्र उनीहरूको विवाह भइसकेको खबर अचानक बाहिर आएको हो।
सन् २००२ मा अचानक सर्जन डाक्टर सोन अहलुवालियासँग विवाह गरेकी पूजा विवाहपछि अमेरिका बसोबास गरिरहेकी थिइन्। विवाहको ९ वर्षपछि उनको सम्बन्ध विच्छेद भएको थियो। पूजाले विरासत, नायक, हसिना, मान जाएगी, भाइ, फर्जलगायतका फिल्ममा अभिनय गरेकी छन्।