Uncategorized

इन्डोनेसियामा फेरि भूकम्प

जकार्ता– इन्डोनेसियाको बालीमा मंगलबार बिहानै ६।० म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ । इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार स्थानीय समय अनुसार बिहान ७ बजेर १८ मिनेटमा भूकम्प गएको थियो । तर सुनामीको चेतावनी दिइएको छैन ।

इन्डोनेसियाली भूगर्भ केन्द्रका वाहु कुर्नियावानले भूकम्पले सुनामी निम्त्याउने सम्भावना नदेखिएकाले सुनामीको चेतावनी नदिइएको सिन्ह्वा समाचार समितिलाई बताए । भूकम्पले नुसा डुआमा सामान्य क्षति पु¥याएको छ ।

बालीस्थित विपद् व्यवस्थापन निकायका सूचना प्रमुख न्योमान सन्जयले भूकम्प आउनासाथ पर्यटकहरुमा भागदौड मच्चिएको बताए ।इन्डोनेसियामा बारम्बार भूकम्प आउने र बर्सेनि जनधनको ठूलो क्षति हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker