Uncategorized

कमि कमजोरीहरु सच्याएर अघि बढौँ भन्दै छविले यसरी फकाए शिल्पालाई

काठमाडौँ – निर्माता छविराज ओझाले अभिनेत्री शिल्पा पोखरेललाई घर फर्किन आग्रह गर्दै एक भावुक स्टाटस लेखेका छन् । छविले एकाबिहानै एक स्टाटस लेख्दै संसारको कुनै पनि अदालतमा नगई आफ्नो अदालतमा आउन शिल्पालाई आग्रह गरेका छन्।छबिले अहिले सम्म कुनै पनि श्रीमतीलाई अन्यायमा नपरेको उल्लेख गर्दै शिल्पालाई पनि अन्याय नगर्ने प्रष्ट पार्दै भनेका छन् विवाह गर्ने समयमा आश्वासन दिएजस्तै शिल्पा बुढेसकालको सहारा बन्न सक्ने भए आफू पनि कमि कमजोरीहरु सच्याएर गान्धीबादी बन्न सक्ने भन्दै ओझाले अरुको कुरा नसुन्न आग्रह गरेका छन्। “अरुको कुरा नसुन्नुस्, आउनुस् हाम्रो घरको ढोका सधैँ तपाईको लागि खुल्ला छ । होइन र यदि तपाई साच्चै मसँग बस्न सक्नु हुन्न भने पनि एक पटक मसँग आएर टेबलमा कुरा गर्नुस् ।”,फेसबुकमा छबि लेख्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker