यि को हुन् ? जसले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित बिरुद्ध जुलुस नै निकालेर राजीनामा मागे
काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा माग गर्दै काठमाडौँमा विशाल प्रर्दशन गरिएको छ । मंगलबार दिउसो समानुपातिक, समावेशी सिद्धान्तविपरीत खुलाइएको लोक सेवा आयोगको विज्ञापन तत्काल खारेज गर्न माग गर्दै आएको ुआरक्षण बचाऔं आन्दोलनुले काठमाण्डौको माइतीघर मण्डलामा प्रदर्शन गर्दै मन्त्री पण्डितको राजीनामा माग गर्दै ब्यापक रुपमा प्रर्दशन गरेको हो ।
सो अवसरमा प्रर्दशनकारीहरुले ‘सिमान्तकृत समूदायको अधिकार सुनिश्चित गर’, ‘लोक सेवा आयोगलाई बाहुन सेवा आयोग बनाउन पाइँदैन’, लगायतका प्लेकार्ड बोकेका उनीहरुले समावेशी सिद्धान्तको खिल्ली उडाउने काम गरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए । प्रदर्शनीमा उत्रिएका महिला, दलित, जनजाति, मुस्लिमलगायतका समुदायहरुले संविधानविपरीत स्थानीय तहको विज्ञापन खुलाइएको दाबी गर्दै तत्काल खारेज गर्न लोक सेवा आयोगलाई पनि दबाब दिएका छन् ।