संघियताको अभ्यास गर्दा संविधानको अपव्याख्या नगर्न स्थानिय सरकारलाई मन्त्री राईको आग्रह
शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले प्रदेश सरकार र स्थानिय तहले संघियताको अध्यास गर्दा संविधानको गलत व्याख्या गर्न नहुने बताउनुभएको छ । नगरपालिका संघले बुधवार धुलीखेलमा आयोजना गरेको कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री राईले प्रदेश सरकार र स्थानिय सरकारले संघियताको अभ्यास गर्दा आफ्नो क्षेत्राधिकारको हेक्का राख्नुपर्ने बताउनुभयो । मन्त्री राईले भन्नुयभो, गाँउ गाँउमा सिहदरवार पुग्यो, तर सिहदरवारको अधिकार कतै बढी मात्रामा प्रयोग गर्दा जनताले दुःख पाउने अवस्था श्रृजना नहोस भन्नेमा केन्द्र सरकार चिन्तित छ । उहाँले संघियताको अधिकार मिच्ने सरकारको उद्देश्य नभएको स्पष्ट पार्दे प्रदेश र स्थानिय सरकारको अधिकारमा केन्द्र सरकारले कहिलेपनि हस्तक्षेप गर्न नचाहेको स्पष्ट पार्नुभयो ।
केही कानूनको निर्माणपछि तीन तहको सरकारबीच अधिकार बाँडफाँडको बिषय व्यवस्थित हुने भएकाले वर्तमान परिस्थितिलाई स्थानिय सरकारले बुझिदिनुपर्ने मन्त्री राईको भनाई छ । नगरपालिकाहरुको गुरुयोजना शहरी बिकास मन्त्रालयले नै बनाउने भएकाले यही मन्त्रालयलाई नै सम्पर्क मन्त्रालय बनाउनेतर्फ अग्रह हुन समेत उहाँले सवै स्थानिय सरकारका प्रतिनिधीलाई आग्रह गर्नुभयो ।नगरपालिकाहरुले बनाएको रणनीतिक कार्ययोजनालाई मन्त्रालयले आत्मसाथ गरेर आगामी दिनमा सहकार्य र समन्वय गरेर अघि बढ्ने मन्त्री राईको भनाई छ । भोलीसम्म चल्ने कार्यशाली गोष्ठीमा नगरपालिकाहरुको भावी रणनीतिक योजनावारेमा छलफल हुनेछ ।