Uncategorized

कानुनविपरित सभामुखलाई २८ जना सुरक्षाकर्मी

काठमाडौँ साउन २ – प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले तोकेभन्दा बढी सुरक्षाकर्मी राखेको पाइएको छ । तर सभामुख कृष्णबहादुर महराका लागि भने राष्ट्रियसभका अध्यक्षले भन्दा पनि बढी सुरक्षा सुरक्षाकमी खटाइएको छ । 

सभामुख महराले २८ जना सुरक्षाकमी पाएका छन् तर उनी हैसियतमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका लागि भने २१ जना सुरक्षाकर्मी खटिएका छन् । 

दुवैले कानुनभन्दा बढी सुरक्षाकर्मी लिएपनि सभामुखले भने अझै बढी सुरक्षाकमी पाएका छन् । दुवै पदाधिकारको अगुवा, पछुवा र क्याटरमा सो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । यो समाचार ईश्वरी सुवेदीले नागरिक दैनिकमा लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker