Uncategorized

के शिल्पालाई न्याय गर्लान् त छवीले ? 

काठमाडौं, साउन २ गते । फिल्म निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीचको विवादले अहिले सामाजिक सञ्जालमा खुबै स्थान पाइरहेको छ । शिल्पाले प्रहरी परिसर टेकुमा घरेलु हिंसाविरुद्ध उजुरी दिएपछि उनीहरूको विवाद बाहिर आएको थियो । शिल्पाले डिभोर्सको मुद्दा दर्ता गरिसकेकी छिन् । शिल्पाकै कुरा मान्ने हो भने उनले अब छविसँग छुट्टिने निर्णय लिइसकेकी छिन् ।

यसैबीच, छविले शिल्पालाई सम्बोधन गर्दै फेसबुकमा भावुक स्टाटस लेखेका छन् । ‘शिल्पाजी’ भनेर सम्बोधन गर्दै उनले तीन–तीनवटी श्रीमतीसँग डिभोर्स भइसकेको अवस्थामा पनि ५२ वर्षको उमेरमा शिल्पासँग जीवन बिताउन सक्छुु भन्ने लागेर विवाह गरेको उल्लेख गरेका छन् ।  नयाँ पत्रिकामा खबर छ ।

शिल्पा बुढेसकालको सहारा बनेर सँगै बस्न सक्ने भए आफू पनि पत्नीव्रता हुन तयार रहेको कुरा छविले लेखेका छन् । ‘संसारका कुनै अदालतमा जानुपर्दैन, छवि ओझाको अदालतमा सीधै आउनुस्, तपाईंले न्याय पाउनुहुन्छ,’ उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker