Uncategorized

अनन्या पाण्डे, सनाया कपुर र सुहाना खानको यो कस्तो फ्रेण्डसिप ? 

काठमाडौं,   बलिउडका तीन बेस्ट फ्रेन्ड अनन्या पाण्डे, सनाया कपुर र सुहाना खान प्रायः तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिरहन्छन् । मुम्बईमा हुँदा यी तीन साथै देखिने गर्छन् । अहिले सुहाना र अनन्याको एउटा भिडियो भाइरल भइरहेको छ । भिडियोमा यी दुई स्टारकिडले नृत्य गरिरहेका छन् ।

अनन्याले भिडियो बनाइरहँदा सुहाना आफ्नो अनुहार लुकाउने कोसिस गरिहेकी छिन् । पछि दुवैले नृत्य गरिरहेको भिडियोमा देख्न सकिन्छ । अनन्याले स्टुडेन्ट अफ दी इयर २ बाट बलिउडमा डेब्यु गरेकी हुन् भने सुहाना भर्खरै कलेज सकेर देश (भारत) फर्किएकी छिन् ।  नयाँ पत्रिकामा खबर छ ।

सनाया भने फिल्म प्रोडक्सनको काममा व्यस्त छिन् । अनन्याको आउँदै गरेको फिल्म ‘पति– पत्नी और वो’ हो । यस फिल्ममा अनन्या कार्तिक आर्यनको साथमा देखिनेछिन् । साथै, सुहानाको पनि बलिउडमा डेब्यु गर्ने सम्भावना रहेको कुरा भारतीय मिडियामा आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker