आज बढ्यो सुनको मूल्य

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज बिहीबार छापावाल सुनको मूल्य तोलामा ६५ हजारमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन तोलामा ६४ हजार ५०० मा कारोबार भएको थियो । बिहीबार तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको महासंघले जनाएको छ । यस्तै चाँदी रु २० बढेर ७६५ पुगेको छ । बुधबार चाँदी तोलामा रु ७४५ मा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close