Uncategorized

आगामी तीन दिनसम्म भारि बर्षा र चट्याङको सम्भावना

सतर्कता अपनाउन मौसमविदको आग्रह

साउन १७, काठमाडौँ : आजदेखि ३ दिनसम्म काठमाडौं लगायत देशका केही स्थानमा चट्याङ्ग पर्ने र पश्चिमको पहाडि भूभागको केहि स्थानमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन मौसमविदहरुले आग्रह गरेका छन् | हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभागभन्दा दक्षिणतिर अवस्थित छ । यो रेखा बिस्तारै नेपाल तर्फ सर्दै आइरहेको हुदाँ आगामी तीन दिनसम्म मेघ गर्जन र चट्याङसहित पानी पर्ने मौसमविदले पूर्वानुमान गरेका हुन् |

मौसमविदका अनुसार देशको पूर्वी, पश्चिमी तथा मध्य पहाडी भूभागमा सामान्य बदलीको अवस्था रहेकोछ । साथै ती क्षेत्रहरुका थोरै स्थानहरुमा वर्षा पनि भैरहेको देखिन्छ । मध्य तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा छ । शुक्रबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार राति भने पश्चिमी पहाडि भू-भागका एक वा दई स्थानमा भारी वर्षाको सम्भावना छ ।

शनिबार दिउँसो र राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले अनुमान गरेका छन् । आइतबार दिउँसो पनि शनिबार दिउँसोको जस्तै अवस्था रहने छ । तर, राति भने पश्चिमी भू-भागका केही स्थानहरुमा तथा मध्य र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको वर्षा हुने महाशाखाले जनाएको छ ।

मौसम सम्बन्धि अन्य जानकारिको लागी क्लिक गर्नुहोस्

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker