Uncategorized
अमेरिका बन्दुक आक्रमण: टेक्ससस्थित वालमार्ट स्टोरमा २० जनाको मृत्यु
अमेरिकाको टेक्सस राज्यमा भएको बन्दुक आक्रमणमा परेर कम्तीमा २० जनाको मृत्यु भएको र २६ जना घाइते भएका बताइएको छ।
एल पासो सहरमा भएको उक्त घटना टेक्ससका लागि “इतिहासकै सबैभन्दा घातक दिनमध्येको एक रहेको” टेक्ससका गभर्नरले बताएका छन्।
घटना अमेरिका र मेक्सिकोको सीमाभन्दा केहीपर रहेको वालमार्ट स्टोरमा भएको हो ।
घटनामा संलग्न भएको भन्दै प्रहरीले एक २१ वर्षीय युवालाई हिरासतमा लिएको छ।