Uncategorized

गणतन्त्रको यात्रामाथि अन्तरविर्मश

काठमाडौं – नरहरि आर्चायद्वारा लिखित ‘गणतन्त्रको यात्रा (बन्दी वृत्तान्त)’ कृतिलाई बीपी कोइरालाको जेलजर्नल र आत्मवृतान्तको एउटा स्वरुप भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालेबताएका छन् ।

काठमाडौंका लाजिम्पाटस्थित डिल्लीरमण रेग्मी प्रतिष्ठानमा नेपाली लेखक संघद्वारा आयोजित गणतन्त्रको यात्रामाथिको अन्तरविर्मश कार्यक्रममा प्रवक्ता शर्माले सो कुरा बताएका हुन् । काँग्रेस विगत केही समयदेखि नेता आर्चायले कोरेको धागोमा हिडिरहेको शर्माका बुझाई छ । यस्तै कार्यक्रमा वक्ता डा.तुल्सी भट्टराईले गणतन्त्रको यात्रामा नेपालको जनजीवन समेटिएको बताए । उनले नेपाली राजनीतिमा वीपी कोइराला पछिको शसक्त लेखका रुपमा आचार्यलाई दिन सकिने बताए । यसैगरी लेखक कृष्ण धारावासीले गणतन्त्रको यात्राले गणतन्त्रको गन्तव्यबारे सोच्न बाध्य बनाएको बताएका थिए ।

नेपाली लेखक संघका अध्यक्ष श्रवण मुकारुङको सभापतित्वमा सम्पन्न भएको विमर्श कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा, नेपाली लेखक संघका महासचिव डा. रत्ममणि नेपाल लगायतले कृतिको चर्चा गरेका थिए भने कार्यक्रमको संचालन संघका सचिव सोझो गाउँले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker