Uncategorized

घुससहित पक्राउ परेका उपकुलपती धरौटीमा रिहा

काठमाडौं । घुससहित रंगेहात पक्राउ गरेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरि रौनियारलाई अन्तत विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले धरौटीमा छाड्न आदेश दिएको छ ।

राजकुमार र  रामहरिलाई क्रमशः ४८ लाख र ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको स्रोतले बताएको छ ।उनीहरुले आज नै धरौटी वापतको रकम अदालतमा बुझाइसकेका छन् । गत २६ असारमा रौनियारद्वय ८ लाख रुपैयाँ घुससहित उपकुलपति निवास धरानबाट पक्राउ परेका थिए ।

उपकुलपति रौनियारविरुद्ध ९ साउनमा आयोगले १ करोड २८ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार कसूरमा मुद्दा दायर गरेको थियो भने उनका भतिज रामहरिविरुद्ध ८ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो ।

आयोगका अनुसार श्याम सुन्दर निर्माण सेवा प्रा.लि.का सब कन्ट्याक्टर गिना एवं गिना कन्स्ट्क्सन कम्पनीका प्रबन्ध निर्देशनक सुशीलकुमार झासँग रौनियारद्वयले घुस लिएका थिए । घुस लिएको संवाद अख्तियारसम्म पुगेपछि आयोगले अनुसन्धान थालेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker