Uncategorized

भारतीय जनता पार्टीकी वरिष्ठ नेत्री सुष्मा स्वराजको निधन

[mashshare]

भारतीय जनता पार्टीकी वरिष्ठ नेत्री सुष्मा स्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ । हार्ट अट्याक पछि उनलाई एम्स अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारमा ५ जना चिकित्सकहरूको टोली संलग्न भएको थियो ।

सुष्मा स्वराजको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। डाक्टरहरूको टोलीले निरन्तर उनको अवस्था अनुगमन गरिरहेका थिए। तर उनलाइ बचाउन भने सकेनन् । स्वराजको मृत्युको खबर सुने लगतै केन्द्रीय स्वास्थ्य मन्त्री हर्षवर्धन र केन्द्रीय मन्त्री नितिन गडकरी अस्पताल पुगेका थिए ।

सुष्मा स्वराज लामो समयदेखि बिरामी थिइन् र उनको मिर्गौला ट्रान्सप्लान्ट पनि गरिएको थियो। उनी बिरामी भएकै कारण २०१९ को लोकसभा चुनाव सहभागी हुन सकेकि थिइनन् । २०१४ मा, सुषमा स्वराजले विदेश मन्त्रालयको पदभार लिएकि थिइन्। सुष्मा भाजपाको शासनकालमा दिल्लीको मुख्यमन्त्री पनि भएकी थिइन् ।

१४ फेब्रुअरी १९५२ मा जन्मिएकी स्वराज  राष्ट्रिय स्तरको राजनीतिक पार्टीको पहिलो महिला प्रवक्ता हुनुका साथै पहिलो महिला मुख्यमन्त्री, केन्द्रीय क्याबिनेट मन्त्री र विपक्षी पहिलो महिला नेता थिइन।

इंदिरा गान्धी पछि सुषमा स्वराज विदेशमन्त्रीको पदमा दोस्रो महिला थिइन्। पछिल्ला चार दशकहरूमा उनले ११ पटक चुनाव लडेकी स्बराज तीन पटक विधानसभा चुनाव जितिन् र सात पटक सांसद भइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker