Uncategorized

माइतीघर मण्डलामा सकेट बम फेला , सेनाद्वारा डिस्पोज

काठमाडौं । बुधबार बिहानै माइतीघर मण्डलामा  बम भेटिएको छ । माइतीघर मण्डलास्थित  सेन्टजेभियर्स कलेज अगाडि सकेट बम फेला परेको हो।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले बुधबार बिहानै भेटिएको शंकास्पद वस्तु सकेट बम भएको जानकारी दिए ।

बम भेटिएलगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले त्यसलाई निष्क्रिय पारेको छ ।

बम कसले राख्यो भन्ने अहिलेसम्म खुलेको छैन । विगतमा बमसँगै पर्चा भेटिने गरे पनि माइतीघरमा त्यस्ता केही पनि फेला नपरेको प्रहरीले जनाएको छ । एसएसपी ज्ञवाली घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker