Uncategorized

मुलुकको शैक्षिक क्षेत्रको सुधार नगरे समृद्धी कल्पनामा मात्रै सीमित हुन्छ : प्रचण्ड

[mashshare]

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले मुलुकको शैक्षिक क्षेत्रको गुणात्मक विकासमा योगदान गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्नुभएको छ ।

१५ औं राष्ट्रिय शैक्षिक अवार्ड विवरण कार्यक्रममा उहाँले जनताको जीवनसँग जोडिने गरी मुलुकको शैक्षिक क्षेत्रको सुधार नगरे मुलुकलाई समृद्ध बनाउने सरकारको संकल्प कल्पनामा मात्रै सीमित हुने पनि बताउनु भयो ।

अध्यक्ष दाहालले विकसित देशहरुले पनि शिक्षालाई उच्च प्राथमिकता दिने गरेको स्मरण गराउँदै नेपालजस्तो अल्पविकसित मुलुकले समृद्धिको अभियानलाई सार्थक बनाउन शिक्षा क्षेत्रमा व्यापक परिवर्तन हुनैपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker