Uncategorized
मेरो स्वास्थ्य अवस्था सामान्य छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य भएको जानकारी दिएका छन् ।
सिंगापुरबाट स्वदेश फर्किएपछि ट्विट गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, “सिंगापुरमा स्वास्थ्य परीक्षण गरी आज फर्किएको छु । मेरो स्वास्थ्य सामान्य रहेको छ । परीक्षणमा संलग्न सबै चिकित्सकप्रति आभार व्यक्त गर्दछु । मेरो स्वास्थ्य स्थितिप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्य लाभको कामना गर्नुहुने सबै दिदीबहिनी दाजुभाइहरूलाई धन्यवाद दिन चाहन्छु ।”