Uncategorized

१५ वुंदे घोषणा पत्र सार्बजानिक गर्दै बिर बहादुर खड्का (बिरु) फ्रान्सको एनआरएनए एनसीसीको मैदानमा

[mashshare]

फ्रान्समा आगामी १८ अगस्ट मा एनआरएनए एनसीसी फ्रान्सको आठौँ राष्ट्रिय महाधिबेशन हुँदै छ । लामो समयदेखि फ्रान्समा बसोबास गर्दै आएका गैर आवासिय नेपालीहरु यो महाधिवेसनमा बिभिन्न तह र तप्काबाट उम्मेदवारि दिइरहेका छन् । लामो समयदेखि फ्रान्समा व्यवसाय गरिरहेका बिर बहादुर खड्का (बिरु) ले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) फ्रान्सको आगामी २०१९-२०२१ को लागि महासचिव पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।

पुर्वि नेपालमा जन्मिएका खड्का हाल फ्रान्सको पेरिसमा रेस्टुरेन्ट ब्यबसायका साथै सामाजीक कार्यमा पनि उतिकै ससक्त रुपमा अगाडि बढिरहेका छन् नेपालमा छंदादेखिनै अध्यापन लगाएत सामाजिक कार्यमा सकृय खड्का, नेपाल बाहिर बस्नु परेपनि नेपाल र नेपाली प्रतिको आफ्नो उतरदाईत्व आफुले बहन गर्ने बताउँछन् ।

फ्रान्समा वसोबास गर्ने गैर आवासी नेपालीहरुको छाता संगठन एनआरएनए एनसीसीले नेपाल र नेपालीको लागी एकताको सन्देश दिनुपर्छ भन्ने तर्क राख्दै उनले एनसीसीको विधानलाइ सुधार गर्दै आर्थिक पारदर्शिता र सूचनाको हकलाई उच्च प्राथमिकतामा राखेर संस्थालाई महत्वपूर्ण योगदान दिन सक्ने युवा तथा बौद्धिक व्यक्तित्वहरूसँग सहकार्य गर्दै सामाजिक हितको लागि अगाडी बढ्ने र सामाजिक एकता कायम गर्न यथोचित भूमिका निर्वाह गर्ने बताएका छन् ।

आफ्नो उम्मेदवारि घोषणा गरे संगै उनले १५ वुंदे घोषणा पत्र सार्बजानिक गर्दे आफु सधै फ्रान्समा रहने नेपालीहरुको साथमा रहने बाचा गरेका छन् ।

घोषणा पत्र

फ्रान्समा बस्ने नेपाली दिदी बहिनी तथा दाजु भाइहरू एबं गैर आबासीय नेपाली संघका पंजिकृत सदस्य ज्यूहरू , नमस्कार

म बीर बहादुर खड़का ( बीरू खड्का ) नेपालमा चेतनाको जननी मानिने शिक्षा क्षेत्र, विशेष गरि अध्यापन, व्यबस्थापन र परामर्शको क्षेत्र साथै विभिन्न समाजिक संघ संस्थामा रहेर काम गरेको र यहाँ फ्रान्स मा पनि सामाजिक सकृयता र आफ्नो व्यबसाय संचालन का साथ साथै NRNA अभियान लाई मैंले केहि वर्ष देखि नजिकबाट चिन्ने मौका पाएको छु। म नेपाली, फ्रेन्च र अंग्रेजी भाषामा कार्यालय संचालनार्थ आवश्यक लेखपढ गर्ने दक्षता राख्दछु।

आगामी अगष्ट १८ मा हुन गैरहेको NRNA फ्रान्सको आठौँ महाधिबेशनमा मैंले महासचिव पदमा उम्मेदवारी घोषणा गरिसकेको छु।

मेरो उम्मेदवारी किन र के का लागि?

१.कुनैपनि संस्थाको साखलाई उचो राख्न महासचिवको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने विषयमा म राम्रोसंग जानकारी राख्दछु। हालसम्म विभिन्न संघ संस्था र पेशा-व्यवसायमा लिएको कार्यानुभवको आधारशिला एवम् सामाजिक सेवा भाव सहित आफ्नो उर्जा र लगनशिलतालाई निश्वार्थ, निष्पक्ष र विधान सम्मत तवरले NRNA France को गरिमा बढाउन मेरो महत्वपूर्ण भूमिका हुनेछ।

२.नियमित प्रशासनिक र व्यवस्थापकीय कार्यलाई अझ प्रभावकारी बनाई NRNA को मुलभूत उद्देश्यलाई केन्द्र विन्दुमा राखेर भूमिका खेल्नु पर्ने हालको आवश्यकतालाई मूर्त रूप दिनु मेरो उद्देश्य हो।

३.अग्रज देखि युवा पुस्तालाई साथ लिएर संस्थालाई महत्वपूर्ण योगदान दिन सक्ने बौद्धिक व्यक्तित्वहरूसँग सहकार्य गरेर अगाडी बढ्ने।

४.जवाफदेहिता को संस्कार बसाल्न र संस्था भित्रको आन्तरिक प्रजातन्त्र तथा सामाजिक एकता कायम गर्न यथोचित भूमिका निर्वाह गर्ने।

५.संस्थाको बृहत्तर हित र सिद्दान्त अनुसार सदस्यता प्रमाणीकरण र नवीकरण सम्बन्धी अस्पष्टता र अप्ठेरा हरुलाई सरलीकृत, सु-सूचित र सर्वमान्य बनाउने।

६.संघले निर्णय र निर्धारण गरेका कार्यक्रमहरूलाई छिटो छरितो र व्यवस्थित रुपमा कार्यान्वयन गर्न भूमिका निर्वाह गर्ने।
७.सबै संघ संस्थाहरू संग समन्वय र सहकार्य गर्दै विश्वासिलो वातावरण तयार गर्ने।

८.आर्थिक पारदर्शिता र सूचनाको हकलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने।

९.कुनैपनि नेपाली लाई परि आएको विभिन्न प्रकारको सहयोग गर्न सधै तत्पर छु, गरिरहेको छु र अझै गरिरहेने छु। कसैलाई कागजी, प्रसाशनिक, आर्थिक वा अन्य कुनै पनि समस्या परेमा निसंकोच सम्पर्क गर्न सक्नुहुनेछ। आफुले सकेको र क्षमताले भ्याए सम्म अवश्य सहयोग गर्ने छु। यो विषयले निर्वाचनमा हुने हारजित सँग कुनै सम्बन्ध राख्ने छैन।

१०.हालको विधानमा भएका अस्पष्टताहरु लाई वर्तमानको सान्दर्भिकता र उठेका प्रश्नहरूलाई सम्बोधन गर्ने गरि संशोधन गर्न पहल गर्ने।

११.बढ्दो संख्यामा रहेका नेपाली विद्यार्थीहरूले फ्रान्समा झेल्नु परेका समस्याहरूको पहिचान र तिनिहरूको न्युनिकरणको लागि पहल गर्ने।

१२.NRNA मा महिला सहभागितामा बिशेष जोड दिने। पेरिस भन्दा बाहिर रहेका नेपालीहरूलाई NRNA मा आबद्ध गर्न क्षेत्रीय समितिहरू बनाउन पहल गर्ने।

१३.NRNA फ्रान्सको कार्यालय स्थापना गर्न र वार्षिक स्मारिका प्रकाशित गर्न आवश्यक काम गर्ने।

१४.एन आर एन ए जस्तो बिश्वब्यापी संघ फ्रान्सको क्रियाकलाप केबल सामान्य भोज -भतेर , नाच-गान र खेलकूदमा सीमित छ, यी नियमित Routine का कृयाकलापहरु पनि हुनुपर्छ। तर साथमा मलाई महासचिब पदमा बिश्वास गर्नु भयो भने मातृभूमि नेपालको समृधिकोलागि एन आर एन ए संयुक्त लगानी कोष बारेमा , नेपाली महिला हकहित अनि रोजगारी बारेमा , युवा तथा दोश्रो-तेस्रो पुस्ताका नेपाली सन्तानका बारेमा त्यसै गरेर गैर आबसीय नागरिकता आदि बारेमा छलफल र बिचार आदान प्रदान गर्ने गोष्टी तथा बैठकको व्यवस्था गरि सर्बहित र राष्ट्रिय हितको सवालमा सबैको मत र सम्मान गर्ने वातावरण बनाउने छु।

१५.यस NRNA अभियानमा जिम्मेवारी बोधका साथ यहाँहरुको माझमा आएको छु। तपाइहरूको अमूल्य मत र सल्लाह-सुझाव पाउने अपेक्षा छ। आगामी महाधिवेशनमा उपस्थित भई आफुले रोजेको उम्मेदवारलाई निर्वाचित गराउनु हुन सबैमा हार्दिक अपिल गर्दछु।

जय NRNA 
M KHADKA Bir Bahadur
Paris- FRANCE

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker