Uncategorized

आज देशभर मेघ गर्जन/चट्याङ्ग सहित मध्यम वर्षा हुने

[mashshare]
काठमाडौं । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने र राती देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही पुर्वका केहि स्थानहरुमा साथै मध्य तथा पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज देशको पूर्वि तराई भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देश भर आंशिक देखि सामान्य वदली रही तराई भू-भागका केही स्थाहरुमा हल्का वर्षा भईरहेको र मनसुनको न्यून चापिय रेखा औसत स्थानमा रहेको छ र यसको पश्चिमी छेउ उत्तर तिर सर्ने क्रममा छ। साथै नेपालको पूर्वी भू-भाग नजिक एउटा न्युन चापिय प्रणालीको विकास भएको छ जसको असर पूर्वी र मध्य नेपालमा देखिने महाशाखाले जनाएको छ ।
आज देशको केही स्थानहरुमा मेघगर्जन /चट्याङ्ग सहितको वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन /चट्याङ्ग वाट बच्न आवश्यक  सतर्कता अपनाउन महासाखाले अनुरोध गरेको छ। देशको पश्चिमी पहाडी भू-भाग तथा पुर्वी भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ जसले गर्दा चुरे वाट बहने नदिमा पानिको वहावमा आकस्मिक बृद्दि हुन सक्ने भएकोले नदि आसपासमा रहनेहरु सतर्क रहुनुहोला। यसका साथै सडक यातायातमा पहिरो/भू-क्षयका कारण अवरोध आउन सक्ने भएकोले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन महासाखाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker