Uncategorized

संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठक सम्पन्न,भारत पाकिस्तान दुबै देशलाई शान्तिको अपिल

एजेन्सि । मोदि सरकारले  धारा ३७० हटाएको बिषयमा बसेको संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठक समाप्त  भएको छ। बैठकमा सदस्य मुलुकले दुबै देशलाई शान्ति कायम गर्न र यस क्षेत्रमा कुनै प्रकारको तनाव उत्पन्न हुने कुनै पनि कार्य नगर्न आग्रह गरेका छन।

यस मुद्दामा संयुक्त राष्ट्रका लागि भारतका राजदूत अकबरुद्दीनले भने कि कश्मीर र धारा ३७० लाई हटाउनु भारतको आन्तरिक मुद्दा हो। भारतले मात्र आन्तरिक मुद्दाहरूको कसरी समाधान गर्ने निर्णय गर्न सक्छ। उनले भने कि जहाँसम्म कश्मीरमा तनावको कुरा छ, भारतले त्यो भारतको आन्तरिक हित लाई ध्यानमा राखेको हो । सोमबारदेखि कस्मिरका सबै स्कूल र कलेज खुल्नेछन्। केही व्यक्ति कश्मीरमा अशान्ति र अस्थिरता फैलाउन चाहन्छन तर भारतले जम्मू कश्मीरलाई शान्ति र प्रगतिको बाटोमा लैजान्छ।

पाकिस्तानलाइ इङ्गित गर्दै अकबरुद्दीनले भने कि केही व्यक्तिहरू जिहादको नाममा काश्मिरमा आतंकवाद र हिंसा फैलाउन चाहन्छन् तर हामी यस्तो हुन दिदैनौं। काश्मिर द्विपक्षीय मुद्दा हो र हामी पाकिस्तानसँगको शान्ति वार्ताको लागि सदैव तत्पर छौं यद्यपि पाकिस्तानको आतंकवाद यसमा सधैं बाधा रहेको छ।

अकबरुद्दीनले स्पष्ट भनेका छ कि आतंकवाद रोक्न नसक्दासम्म कुनै पनि किसिमको शान्ति वार्ता वा वार्ता गर्ने अवसर हुँदैन। उनले भने कि हामी अझै सिमला सम्झौतालाई समर्थन गर्दैछौं तर पाकिस्तानले सबैभन्दा पहिले भारतको बिरूद्ध आतंकवादलाई समर्थन गर्ने नीति बदल्नु पर्छ।

पत्रकारहरूको प्रश्नको उत्तर दिँदै अकबरुद्दीनले भने कि हामीलाई हाम्रो देश कसरी चलाउने भन्ने बारे हामीलाई थाहा छ। हामीलाई अरू कसैको सल्लाहको आवश्यक पर्दैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker