Uncategorized

नगरकोटमा चाँगुनारायण नगरपालिकाको ‘दादागिरी’, स्थानिय सडकमा

नगरकोटमा ३५ बर्षदेखि टहराम बसोबास गर्दै  आएका स्थानियबासिका ८० वटा टहरा जिल्ला बन कार्यलय भक्तपुर र चाँगुनारायण नगरपालिकाले आज एकतर्फी रुपमा भत्काएको छ । आफुलाई थाहै नदिई टहरामा डोजर लगाएको भन्दै टहरामा बसोबास गर्ने गर्ने स्तानियले आज दिनभर नगरकोट तनाबग्रस्त बनाए, मण्डन देउपुर नगरपालीका कार्यलयलाई समेत थाहै नदिई मण्डन देउपुर नगरपालिका क्षेत्रका टहरा भत्काईएको मण्डन देउपुर नगरपालीकाका मेयर टोकबहादुर वाईवाले आईडिया खबरलाई बताएका छन् । टहरा भत्काउनु आवाश्यक भएपनि स्थानियलाई समय दिनुपर्ने सहमति भएपनि आफुलाई भत्काईएको विषयमा जानकारि नभएको उनले बताए ।

साना तथा मझौला व्यवसायीहरुले आफूहरु चाँगुनारायण नगरपालिकाले ‘दादागिरी’ गरेर टहरा भत्काएकोमा आक्रोस ब्यक्त गरेका छन् ।

सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै बेला नगरपालिकाले आफूहरु वर्षादेखि व्यवसाय गर्दै आएको घरटहरा भत्काएर दादागिरी देखाएको उनीहरुको भनाइ रहेको छ ।

चाँगुनारायण नगरपालिकाले नगरकोट सडक तथा वन क्षेत्र अतिक्रमण गरेर बनाएका भन्दै सडक दायाँबायाँ रहेका घरटहरा हटाउन सूचना जारी गरेको थियो । पटकपटक लिखित सूचना जारी गर्दा पनि स्थानीय व्यवसायीहरुले अटेर गरेको भन्दै नपाले ८० वटा टहरा भत्काएको छ  ।

नपाले सूचना जारी गरेपछि नै व्यवसायीहरुले नपामा पुगेर आफूहरुलाई व्यवसाय  ताथा बसोबास गर्ने बैकल्पिक ठाउँ दिन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । त्यस्तै उनीहरु आफूहरुले वर्षौंदेखि सञ्चालन गर्दै आएको व्यवसाय र घरटहरा बाट उठिबास लगाउन लागेपछि सर्वोच्च पुगेका थिए ।
उक्त मुद्दाको एक चरणमा सुनुवाइ भएर यहीं आउँदो भाद्र २० गते अर्को पेशी रहेको आन्दोलनरत साना तथा मझौला व्यवसायी समूह नगरकोटका अध्यक्ष दिलीप तामाङले जानकारी दिए ।
‘सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै बेला नपाले जबरजस्ती हाम्रा घरटहरामा डोजर चलाइयो’, अध्यक्ष तामाङले भने, ‘अदालतलाई नै नमान्ने यो नगरपालिका दादागिरी हो । यसको हामी विरोध गर्छौं ।’

उक्त विरोध प्रदर्शन र कोणसभामा सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाहेक अरु स्थानीय रुपमा सक्रिय पार्टीका नेताहरुले ऐक्यबद्धता जनाएका थिए ।  पर्यटन ब्यबसायि राजकुमार मल्लले  स्थानिय बासि ठुलो मर्कामा परेको भन्दै  बर्षाको समयमा  गरिबको बिजोक बनाएको बताए ।

उनीहरुले बैकल्पिक व्यवस्था विना भइरहेको व्यापार व्यवसायबाट विस्थापित हुने गरी नपाले चालेको कदम दादागिरी र गुण्डागर्दी शैलीको भएको टिप्पणी गरे ।

अहिले भक्तपुर रेडक्रस सोसाइटीले घरबार विहिनलाई त्रीपाल लगाएत लताकपडा उपलब्ध गराएको छ ।

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker