आज देखि अनिश्चितकालागी नगरकोट बन्द

नगरकोट – नगरकोटमा टहरामा ब्यवसाय तथा बसोबास गर्दै आएका स्थानियबासिका ८० वटा टहरा जिल्ला बन कार्यलय भक्तपुर र चाँगुनारायण नगरपालिकाले आईतबार भत्काएपछि त्यहाँका स्थानिय बासिन्दाको आन्दोलनले उत्कर्ष रुप लिन लागेको छ ।

आज बिहान चावगुनारायण नगरपालिका मेयर सोम प्रसाद मिश्र र बडा नं ६ का वडा अध्यक्ष सन्त बहादुर वाईवाको पुत्ला दहन गर्दै अनिस्चित कालका लागि नगरकोट बन्दको घोषणा गरेका छन् ।

सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै बेला नगरपालिकाले आफूहरु वर्षौंदेखि व्यवसाय गर्दै आएको घरटहरा भत्काएर दादागिरी देखाएको अन्दोलनकारिको भनाइ रहेको छ । गरिबका टहरा भत्काउने तर ९८% ठुला होटलहरुलाई भने त्यतिकै छोड्ने बिभेध कारी निती लिएकोले नगरपालिका बिरुद्ध उत्रन बाध्य भएको उनिहरुको भनाई रहेको छ ।  टहरा भत्काएजस्तै होटलहरु नभत्काएसम्म आन्दोलन गरिरहने  उनिहरुको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close
Close