ओम समाज डेन्टल हस्पिटल र कुमारी बैंक लिमिटेड सहकार्य गर्न सहमत
काठमाडौं – ओम समाज डेन्टल हस्पिटल र कुमारी बैंक लिमिटेड बीच दन्त रोगको उपचार तथा जनचेतना कार्यक्रममा सहकार्य गर्न सहमत भएका छन् । दन्त रोगको उपचार सबै नेपालीमा सुलभ होस् भन्ने उदेश्यले ओम समाज डेन्टल हस्पिटलले हाल सामाजिक संघ-संस्था तथा बैंकसंग सहकार्य गरि दन्त उपचार लाई सर्बसुलभ बनाउदै आईरहेको हस्पिटल स्रोतले जनाएको छ ।
ओम समाजका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुभाष घिमिरे तथा कुमारी बैंक लिमिटेड का DCEO राजिब गिरी ले सहमति पत्र मा आज हस्ताक्षर गरेका हुन्। उक्त सहमतिपत्र मा कुमारी बैंक लिमिटेडमा कार्यरत कर्मचारी तथा बैंकका सेवाग्राही लाई दन्त रोगको उपचारमा छुट को ब्यबस्था पनि गरिएको छ । वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुभाष घिमिरेले कुमारी बैंक लिमिटेड चाबहिल शाखा प्रबन्धक स्मृति जोशी थापा लाई माया को चिनो प्रदान गर्दै अब सामाजिक कार्यहरुमा हातेमालो गरि अघि बढ्ने कुरामा जोड दिएका छन् ।
कुमारी बैंक लिमिटेड का DCEO राजिब गिरी ले ओम समाज डेन्टल हस्पिटलसँग सहकार्य गर्नु पाउँदा खुसी प्रकट गर्दै हस्पिटल परिवारलाई हार्दिक आभार प्रकट गरे भने बैठकमा कुमारी बैंक लिमिटेड का राम चन्द्र खनाल लगायत ओम समाज डेन्टल हस्पिटलका तर्फ बाट सागर काफ्ले को उपस्थिति रहेको थियो ।
अस्पतालले आफ्नो सामाजिक उत्तरदाइत्व अन्तर्गत उपत्यका भित्र र बाहिर गरि बार्षिक ९००-१००० स्थान मा नि:शुल्क दन्त शिविर तथा दन्त स्वास्थ मुलक कार्यक्रमहरु गर्दै आईरहेको हस्पिटल स्रोतले जनाएको छ ।