Uncategorized

१५० स्थानमा सरकारी जग्गा मिचिएको उजुरी

काठमाडौं । सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ गर्न गठित आयोगमा १५० स्थानमा सरकारी जग्गा मिचिएका उजुरी परेका छन् ।

आयोगमा परेका उजुरीमध्ये कतिपय गम्भीर प्रकृतिका छन् भने केही संस्थागत र व्यक्तिगत छन् । गत जेठ २० गतेबाट आयोगले काम थालेको हो । आयोगका सचिव एवं भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव शङ्करबहादुर थापाका अनुसार गुठी जग्गा मिचिएकोबारे हालसम्म परेको उजुरी थोरै छ । गुठी संस्थानले खासै विवरण पठाएको छैन ।

मुलुकका हरेक स्थानमा आयोगले छानबिन गरिरहेकोबारे सूचना सम्प्रेषण गरिरहेका छौँ भन्दै सचिव थापाले भन्नुभयो, “सरकारी निकायलाई पनि पत्राचार भइरहेको छ ।” मिचिएका जग्गाबाहेक सरकारले जग्गा अधिग्रहण गर्दाको जग्गाको अवस्था र मुआब्जा दिइएको/नदिइएको वा जग्गाको लगत कट्टा भए/नभएको भन्ने विषयमा पनि आयोगले जाँचबुझ गरिरहेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker