Uncategorized

‘विराज सम्मान’ २०७६ साहित्यकार व्याकुल माइलालाई

[mashshare]

काठमाडौं ।  राष्ट्रिय गानका रचनाकार तथा साहित्यकार प्रदीप कुमार राई (व्याकुल माइला)लाई यस वर्षको ‘विराज सम्मान’बाट सम्मानित गरिने भएको छ।

ओखलढुंगा जिल्लामा जन्मिएर संघीय गणतन्त्र नेपालको राष्ट्रिय गानको रचना गरेका उनलाई यस वर्षको ‘विराज सम्मान’बाट सम्मानित गरिने भएको हो।

‘लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मासाथ गरी नेपालमा लोकतान्त्रिक संस्कृतिको विकासमा चिरकालसम्म राष्ट्रिय गानले ऐतिहासिक योगदान गर्ने भएको हुदाँ उहाँको उच्च कदर गर्दै राष्ट्रगानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला)लाई विराज सम्मान २०७६ प्रदान गर्ने’समाजको निर्णय गरिएको बिराज समाजका अध्यक्ष राम प्रसाद दाहालले जानकारि दिएका छन् ।

विराज समाजको कार्य समितिले प्रा. मुकुन्दराज दाहालको संयोजकत्वमा लेखक विनोदकुमार दाहाल र समाजका निवर्तमान अध्यक्ष दिनेशकुमार मगर सदस्य रहेको विराज सम्मान छनौट समिति गठन गरेको थियो।

विराज समाजको १२ औं वार्षिक साधारण सभाको अवसरमा आगामी भदौ १४  गते एक विशेष समारोह आयोजना गरी साहित्यकार व्याकुल माइलालाई ‘विराज सम्मान’ २०७६ समर्पण गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker