Uncategorized

शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा फेला परे नयाँ तथ्य

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा फेला परेका नयाँ तथ्यहरुलाई आजको कान्तिपुर दैनिकले  सार्वजनिक गरेको छ । मुख्य तीन आरोपीमध्येकी एक रुकु भनिने अस्मिता कार्कीसँग पुडासैनीले एसएमएस र फेसबुक च्याटको माध्यमबाट गरेको कुराकानीका अंश समाचारमा छ । समाचारमा राखिएका कुराकानीको केही अंश यस्ता छन्-

  • चैत ७ मा शालिकरामले अस्मितालाई लेखेका छन्, ‘सुन त, कोट म्यारिज गर्नी ल भोलि वा पर्सि । हुन्छ कि नाइँ ?’
  • शालिकरामकी पत्नी सम्झनाले अस्मितालाई लेखेकी छन्, ‘उसले मलाई मेरो बाटोमा कहिल्यै नआउनू भनेको छ । मैले फोटो पठाउँदा मलाई नै असर पर्छ । होस् नानु, मसँग नरिसाउनू ल । सरी पछि कुनै दिन पठाउँछु नि । अहिले चाहिँ सरी ल ।’
  • रवि लामिछानेलाई शालिकरामले लेखेका थिए, ‘दाइ मलाई माफ गर्नुहोला । तपाईंहरुले अफिसमा मलाई सधैं जिस्क्याउने मान्छेले मलाई धोका दिएकी छ दाइ ।’

कान्तिपुर लेख्छ- एक दिन शालिकरामले ९ः५५ मिनेटमा अस्मितलाई म्यासेज गरेर आफू घरअगाडि रहेको र जसरी पनि कि फोन उठाउन कि घरबाहिर आउन दबाव दिएका थिए । उनले आफूलाई नभेटे वा फोन नउठाए सम्बन्धको कुरा दाइलाई भनिदिने भन्दै अस्मितालाई दबाव दिएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker