Uncategorized

दक्षीण कोरियामा  ‘सोसिएल वेलफेयर एक्स्सिलेन्स अवार्ड २०१९’ हुँदै

कोरिया – सामाजिक सेवामा समर्पित र समाजको लागि विभिन्न क्षेत्रमा योगदान दिंदै आएका सामाजिक अभियन्ताहरुको सम्मानार्थ ‘सोसिएल वेलफेयर एक्स्सिलेन्स अवार्ड २०१९’ को आयोजना हुने भएको छ । अवार्ड २०१९ सेप्टेम्बर १२ मा दक्षीण कोरियाको सिउलमा हुनेछ । क्लब फोर्टी इन्टरनेसनल तथा दोलखा समाज, दक्षीण कोरियाको सहयोगार्थ उक्त अवार्ड कार्यक्रम हुन लागेको हो। यो किसिमको अवार्ड पहिलो पटक बिदेशमा हुन लागेको कार्यक्रम संयोजक प्रेम पोखरेलले जानकारि दिएका छन् ।

सामाजिक कार्यमा आवद्द व्यक्तिहरुको आत्मबल तथा प्रोत्साहन अझै बढाउनको लागि यो अवार्डले मद्दत पुर्याउने छ। पहिलो संस्करणमा २० विधामा यो अवार्ड प्रदान गर्न लागिएको आयोजक संस्थाको अध्यक्ष बिभु न्यौपानेले जानकारी दिनु भएको छ । संस्थाको आन्तरिक टिमले नै अवार्ड प्राप्त गर्ने व्यक्तिहरुको छनोट गर्नेछ। विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहेको संस्था क्लब फोर्टी इन्टरनेसनलले यो अवार्डबाट समाजमा रहेका सामाजिक अभियन्ताहरुको हौसला बृद्दी गर्ने र उनीहरुलाई सामाजिक कार्यमा अझै अघि बढ्न प्रोत्साहन हुने लक्ष्य लिएको छ । यो अवार्डलाइ बार्षिक रुपमा निरन्तर गर्दै जाने पनि आयोजकले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker