Uncategorized

माओत्सेतुङको नजरमा “राजा महेन्द्र ” नेपालका एकमात्र कम्युनिष्ट थिए

बालकृष्ण लम्साल 

आधुनिक नेपालको जग बसाल्ने काम  पृथ्वीनारायण शाहले राष्ट्र एकीकरणबाट गरे। त्यसपछिको लामो कालखण्ड नेपाल विश्व राजनीतिक वृत्तमा कता कता हरायो तर २००७ सालको परिवर्तनपछि  महेन्द्र राजा बने । त्यसपछोि नेपाल विश्व रंगमञ्चमा दह्रो राजनितिक शक्तिको रुपमा उपस्थित भयो । २०१७ सालमा राजा महेन्द्रले सत्ता हातमा लिएपछि उनले सुरु गरेका विकास र सुधारका कामबाट महान क्रान्तिबाट उदाएका चिनीया नेता माओत्से तुङ यति प्रभावित थिए कि उनले राजा महेन्द्र नै सबभन्दा ठूला कम्युनिष्ट भएको उद्घोष गरिदिए । नेपालका एकजना कम्युनिष्ट नेता चीन जाँदा माओसंग नेपालमा पनि कम्युनिज्म ल्याउन मद्दत गर्नुपर्यो भन्ने आग्रहको प्रतिउत्तरमा माओले तिम्रो देशका राजा नै सबभन्दा ठूला कम्युनिष्ट छन्, अब कस्तो कम्युनिज्म चाहियो भनेर पठाइदिएको चर्चा छ ।

महेन्द्रले गरेको विकास, तयार गरेको पूर्वाधार अनि खडा गरेको राष्ट्रिय स्वाभिमान सबैका लागि गर्वको विषय हो । राजा महेन्द्रमा रहेको विकास चेत, देश प्रेम अनि राष्ट्रिय स्वाभिमान प्रतिको सजगताले उनलाई राष्ट्रवादी नेताका रुपमा स्थापित गरिदिएको छ । यद्यपि २०१७ सालमा जननिर्वाचित सरकार अपदस्थ गरेर आफ्नो प्रत्यक्ष शासन चलाएपछि राजनीतिक रुपमा आलोचना गरिए पनि देश विकासको खुडकिलो त्यही समयबाट सुरु भएको पाईन्छ ।

त्यसो त राजा महेन्द्रको पालामा नेपालको राष्ट्रियता को चर्चा बेलायत र  संयुक्त राज्य अमेरिकामा पनि हुने गर्थ्यो ।  चीनमा नयाँ जनवादी क्रान्ति र त्यसको प्रभावले विश्वलाई तताइरहेको बेला नेपालमा पनि त्यसको प्रभाव नपर्ने कुरा भएन । सोही सिलसिलामा नेपालमा रसिया र चिनियाँ कम्युनिज्मको अभ्यास गर्ने भन्दै कम्युनिष्टहरु भित्र थुप्रै धारहरु देखिएका थिए

नेपालमा कम्युनिष्टहरुले राजतन्त्र र त्यसको विरुद्धमा आन्तारिक संगठनहरु मजबुत बनाइरहेका बेला चलाख राजा महेन्द्रले चीन भ्रमणमा गए  र उनले चिनिया कम्युनिष्ट पार्टीका अध्यक्ष माओसँग नेपालमा पनि जनवाद घोषणा गर्ने रहर भएको र चीनले त्यसमा साथ दिनुपर्ने प्रस्ताव राखेपछि अध्यक्ष माओले निकै सोचेर जवाफ दिए । माओले राजा महेन्द्रलाई भने, यदि कुनैपनि मुलुकमा जनवाद घोषणा गर्ने अधिकार कसैलाई छ भने त्यो जनतालाई मात्र छ ।

अध्यक्ष माओको निशाना राजा महेन्द्रतर्फनै थियो । शासकहरुले आफ्नो राज्यसत्ता टिकाउन कुनै जनाधारविना गणतन्त्र घोषणा गरे, त्यो छिटो समाप्त हुने संकेत राजा महेन्द्रलाई दिए ।

त्यसपछि राजाले आफ्नो तयारीका साथ पञ्चायतकालीन ढाँचामा मुलुकलाई अघि बढाइएको नेपाल–चीन मामलामा दख्खल राख्ने कुटनीतिक र राजनीतिक जानकारहरुको भनाई छ ।

नेपाल र चीनको कुटनीतिक सम्बन्धका विषयमा अर्को मार्मिक प्रसंग पनि उत्तिक्कै रोचक छ, नेपाललाई भारतले जहिल्यै आफ्नो स्वार्थी आँखाले हेरिरहेको बेला चीनले भिन्न नजरले हेर्ने गरेको पाइन्छ ।

चीनले आफ्नो वरिपरिका १३ वटा छिमेकी मुलुकहरुसँग एउटा छुट्टै किसिमको व्यवहार गर्ने आन्तारिक कुटनीति आचारसंहिता तयार गरेको कुटनीतिज्ञहरु बताउँछन् । त्यसमा पनि भारतसँग जोडिएको नेपालको सवालमा उसले छुटै कुटनीतिक आचारसंहिता बनाएको बताइएको छ । सन् १९४९ को नयाँ जनवादी क्रान्ति सम्पन्न पछिनै चीनले नेपालजस्तो सानो मुलुकसँग पौठेजोरी खेल्न नमिल्ने तर उसलाई छुट्टै सहयोग गर्न सकिने प्रसंगले त्यसबेला नेपालमा तताएको बताइन्छ ।

प्रसंग के रहेछ भने अध्यक्ष माओ र त्यहाँका आन्तारिक र बाह्य कुटनीतिज्ञहरुसँगको छलफलमा उनले नेपालजस्तो सानो मुलुकलाई चीनले हस्तक्षेप गरे उसलाई ठूलो चोट पुग्ने बरु उसले चीनको सानो भू–भाग लगे विशाल चीनलाई केही फरक नपर्ने विषयमा छलफल गरेका थिए । सो विषय पछि नेपाल–चीन मामलाका कुटनीतिज्ञहरु मार्फत नेपालमा फैलिएको थियो । त्यसले राजा महेन्द्रलाई चीनसँग थप गाढा सम्बन्ध गाँस्न मद्धत पुगेको बताइन्छ ।

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker