Uncategorized

आईडिया : शरिरको तौल घटाउने तरिका

आज भोली मोटोपन नै धेरैको समस्या बनिरहेको छ । मोटोपनका कारण  शरिर भद्धा देखिने कुरा त छदैछ  , मोटोपनकै कारण मानिस बिभिन्न खतरनाक रोगहरुको शिकार बन्न बाध्य भै रहेको छ ।

के त्यसो हो भने आफ्नो नियमित खुराकमा कटौती गर्ने  त ? कि खानाको मात्रा कम गर्ने ? हाम्रो दिमागले सबैभन्दा पहिला यहि सोच्छ तर यी मध्य कुनै पनि उपाए उपयुक्त छैनन् ।  वास्तवमा खाना छाडेपछि वा आफ्नो खुराक घटाएपछि शरीरलाई आवश्यक पोषण तत्वको अभाव हुन्छ । यसले मोटोपन घट्ने होइन, कुपोषण हुने खतरा हुन्छ । त्यसैले खानेकुरा घटाउने होइन, बरु व्यवस्थापन गर्ने हो । उचित खानेकुरा, सही ढंगले सेवन गरेर मोटोपन घटाउन सकिन्छ ।

बढ्दौ तौल, बढ्दो चिन्ता

तौल बढ्नु भनेको रोगलाई निमन्त्रणा गर्नु पनि हो । किनभने शरीरमा जम्ने अतिरिक्त बोसोले तौल बढाउँछ । यस्ता बोसोले शरीरका भित्री अंगको कार्य संचालमा अवरोध पुर्‍याउँछ ।त्यसैले त अहिले मान्छेहरु तौल नियन्त्रण गर्ने अनेक काइदा खोजिरहेका छन् । कोही जिम धाइरहेका छन्, कोही खानेकुरामा कटौती गरिरहेका छन् ।आˆनो तौललाई लिएर मानिसहरु अक्सर तनावमा रहने गर्छन् । बढेको तौल कसरी कम गर्ने, कम भएको तौललाई कसरी नियन्त्रण गर्ने भन्ने कुराले उनीहरुको मन सधै अशान्त रहने गर्छ ।किनकी विभिन्न अध्ययन अनुसन्धानहरुले जनाए अनुसार तौल बढेमा उच्च रक्तचाप, मधुमेह, हृदय रोग, मोटोपना लगायतका समस्या निम्तिने गर्छ ।त्यसैले, तौललाई कम गर्न खाना खान छाड्ने भन्दापनि स्वस्थ आहार अपनाउनु पर्छ । प्रत्येक साता एक दुई पाउण्ड वजन कम गर्नु राम्रो मानिन्छ । अन्यथा, एकै पटक धेरै तौल कम गर्दा जसरी तौल घट्यो, त्यसैगरी बढ्ने गर्छ ।

खाना नछोड्ने

दिनको सुरुवात् स्वास्थ्यवर्दक नाश्ता गर्ने । दिनमा कम्तीमा तीन पटक खाना खाने । यसले शरीरलाई ताकत प्रदान गर्नुका साथै भोक लाग्दैन ।

खानाको भाग नियन्त्रण गर्ने

सानो प्लेटको प्रयोग गर्ने । र, थोरै थोरै मात्रामा धेरै प्रकारका खानेकुरा खाने । नथप्ने ।

भोक लाग्दा मात्र खाने

भोक लाग्दा मात्र खाने । आराम गर्न तथा बोर कम गर्नका लागि नखाने । बरु घुम्न जाने ।

जे खानुहुन्छ, त्यो सबै कापीमा लेख्ने

दिनभरी खाएको खानेकुराको विवरण कापीमा लेख्ने । त्यसमा आहारका प्रकार, खानाको मात्रा र जुन समयमा खाएको हो, त्यो सबै समावेश गर्ने । अझ सकिन्छ भने, त्यही विवरण हेरेर आफ्नो आनीबानीलाई व्यवस्थित गर्ने ।

कसरत गर्ने

कसरत गर्नका लागि खास योजना चाहिदैन । घरकै सिढी चढेर, केही समय हिडेर, सातामा कम्तीमा पाँच दिन हिडेर, साइक चढेर, स्वीमिङ्ग खेलेर तथा हाइकिङ्ग गरेर पनि कसरत गर्न सकिन्छ । यसबाहेक, दिनमा एक घण्टा नियमित व्यायाम गरेर पनि कसरत गर्न सकिन्छ । यदपी, कुनै पनि ठूलो खालको कसरत गर्नु पूर्व चिकित्सकसित सल्लाह गर्न जरुरी छ ।

चिनी तथा गुलियो नियन्त्रण गर्ने

डोनट, कुकिज, केक लगायत चिनी तथा गुलियोको मात्रा धेरै भएको खानेकुरा खाँदा नियन्त्रित मात्रामा खानुपर्छ । यस्ता खानेकुरामा क्यालोरीको मात्रा धेरै हुनुका साथै पोषक तत्वको कमी हुन्छ । चिसो पेय पदार्थमा कृतिम गुलियोको प्रयोग धेरै हुने भएकोले यस्ता पेय पदार्थको सेवन कम गर्नुपर्छ ।

पानी पिउने

पर्याप्त मात्रामा पानी पिउने मानिसको तौल कम हुने सम्भावना बढी हुन्छ । यसको लागि प्रत्येक दिन छ देखि आठ गिलास पानी पिउनु पर्छ । खाना खानुुभन्दा १ घण्टा अघि र खाना खाएको डेढ घण्टा पछि पानी पिएमा यसले पाचन प्रकृयामा सहयोग गर्नुका साथै शरीरलाई फाइदा गर्छ ।

बाहिरको खानेकुरा खाँदा सचेत रहने

बाहिरको खानेकुरामा नुन तथा चिल्लोको अत्याधिक मात्रामा प्रयोग गरिएको हुन्छ । त्यसैले, बाहिरको खानेकुरा खादा कम चिल्लो, सूप तथा सलाद वा कम चिल्लो भएको खानेकुरा खानुपर्छ । सस तथा डे्रसिङ्ग बेग्लै लिनुपर्छ । खाना धेरै भएमा कसैसित बाढ्नु पर्छ वा बढी भएको खानेकुरा घर लैजानु पर्छ । थालीमा स्वास्थ्यवर्दक खानेकुरामात्र खानुपर्छ ।

नास्ता गर्ने

प्याक गरिएको खानेकुराको सट्टा ताजा फलफूल, सागसब्जी वा चिल्लोरहित दही खानुपर्छ । होल ग्रने सिरियल्स, ओट मिल, रोटी लगायतका खानेकुरा शरीरका लागि राम्रो मानिन्छ ।

खाना पकाउँदा तेलको प्रयोग कम गर्ने

खानेकुरा पकाउँदा अत्याधिक तेलको प्रयोग गर्नुको सट्टा खानेकुरालाई सेकेर, हल्का भुटेर वा उसिनेर पनि खान सकिन्छ । यसरी खाना पकाउँदा खानामा तेलको मात्रा कम हुनुका साथै खाना स्वस्थकर हुन्छ ।

खाद्यान्न खरीद गर्दा होशियारी अपनाउने

आफूले के के खाने भन्ने कुराको पहिले नै योजना बनाउने । त्यसको सुची तयारी गर्ने । अनिमात्र खाद्यान्न किन्ने । अनावश्यक खरीदारी गर्नबाट बच्ने । अझ भोक लागेको समयमा त खानेकुरा किन्दै नकिन्ने । फलफूल, हरिया सागसब्जी, अंकुरित अनाज, सिङ्गो अनाज खरीद गर्ने । मासु किन्दा बोसो नभएको मासु किन्ने । दूग्धजन्य पदार्थ खरीद गर्दा फ्याटबारे विशेष ध्यान दिने ।तपाई आफ्नो  दैनिक जिवनमा यी आईडियाको ईम्प्लीमेन्ट गर्नुहोस्  र पनि तपाईको मोटोपन घटेन भने  हामी तपाईको लागि उपयोगी टिप्स   दिनेछौं  ।

तपाईको प्रतिकृयाको लागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker