रबि लामीछानेलाई ५ लाख धरौटिमा थुनामुक्त गर्न अदालतको आदेस
चितवन –चितवनमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनी आत्महत्या गर्न बाध्य बनाएको आरोमा थुनामा राखिएका न्युज २४ टेलीभिजनका प्रस्तोता रबि लामीछाने लाई ५ लाख धरौटिमा रिहा गरिएको छ , कार्यक्रमका निर्माता युबराज कंडेल लाई ३ लाख धरौटि र अस्मिता कार्की रुुकु लाई साधारण तारेकमा रिहा गर्न जिल्ला अदालत चितवनले आदेश गरेको ।
सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।
पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको कसूरमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनाविरुद्ध दायर गरिएको मुद्दामा आजै थुनछेक बहस भएको थियो ।
गत २० साउनमा चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा पत्रकार पुडासैनीको शव भेटिएको थियो । पुडासैनीको मोबाइलबाट मृत्युअघि खिचेको भिडियो सार्वजनिक भएपछि आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता भनिने रुकु कार्की पक्राउ परेका थिए ।