Uncategorized

भगवान गणेशको पुजा नै पहिले किन ?

भगवान गणेश र कुमार विचमा को ठुलो भन्ने बिषयमा सधै बिबाद भै नै रहन्थ्यो, त्यो विषयमा निर्क्योल गर्न दुबैले आफ्ना माता पिता भगवान शिव र पार्वती समक्ष जाने निर्णय गरे , उनिहरुले आफुहरु बिच भएको बिबादको बिषयमा जानकारी गराए तव शिबजीले गणेश जी र कुमार जी दुबैलाई शुमेरु पर्बतको परिक्रमा जसले पहिला गरेर आफु सामु आईपुग्छ त्यो नै ठुलो हो र उसैको पुजा पहिला हुन्छ भन्ने बितिक्कै  कुमार जी आफ्नो बहान मयुर माथी चढेर सुमेरु पर्वतको यात्रामा निस्किहाले , तर गणेशले आफ्नो ठुलो भुडि भएको र मुसो पनि हिड्न नसक्ने हुनाले शुमेरु पर्बतको परिक्रमा गरेर पहिला आइपुग्न सम्भव देखेनन्  र आफ्नो समस्या आफ्नो बहान मुसोलाई भने तव मुसोले गणेश जी लाई  माता पिता नै शुमेरु पर्वत हुन् । सारा ब्रमाण्ड हुन् उनिहरुको परिक्रमा गर्नुहोस् र परिक्रमा गरेर यो मन्त्र को जप गरेर स्तुति गर्नुहोस् भनेर स्तुती गर्नुहोस् भनेर मन्त्र पनि दिएः

त्वमेव माता च पिता त्वमेव,

त्वमेव बन्धुश्च सखा त्वमेव,

त्वमेव विद्या, द्रविणं त्वमेव,

त्वमेव सर्वं ममः देवदेव ||

गणेश जी ले पनि मुसाको युक्ती उपयुक्त लाग्यो र त्यसै गरे  ।  यो देखि शिवजी प्रसन्न भएर सवै यज्ञहरुको शुवातमा सर्वप्रथम गणेश जीको पुजा  हुने बरदान दिएको प्रशंग शिव पुराणमा उलेख गरिएको छ । त्यस उप्रान्त कुनै धार्मिक कार्यको शुरुवातमा गणेश जी को पहिले पुजा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker