Uncategorized
आचार्य बालकृष्णलाई विष खुवाएको खुलासा
काठमाडौं – आजको नेपाल समाचारपत्र दैनिकले गतसाता अचानक अस्वस्थ भएका भारतस्थित पतञ्जली योगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृष्णलाई कसैले विष खुवाएको खुलासा भएको समाचार छापेको छ ।
नेपालको स्याङ्जा जिल्लामा जन्मिएका आचार्य भारतीय योग गुरु रामदेवका मुख्य सहयोगी हुन् । रामदेवले यसबारे अनुसन्धान चलिरहेको र दोषीलाई कारबाही हुने बताएका छन् ।
आचार्य बालकृष्ण अस्वस्थ भएको खबर पाएपछि नेपालस्थित पतञ्जली योग पीठका अधिकारीहरु अहिले भारतको हरिद्वार पुगेको समाचारपत्रले लेखेको छ ।