साहित्य

गजल : तिम्रो यादमा रुने अचेल बानि भएछ

[mashshare]

 

तिम्रो यादमा रुने अचेल बानि भएछ

कसरि देखाउँ यो मुटु खरानी भएछ

बिना कसुर सधै चोट मात्र सहने

अचानो त आफ्नै जिन्दगानी भएछ

ऐना हर्दा जब चाउरिएका  गाला देख्छु

लाग्छ पुरै यौवन तिम्रो निशानी भएछ

म राधा तिमी कृष्ण भन्थ्यौ कुनै दिन

त्यो त केबल पुरानो कहानी भएछ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker