Uncategorized
चिनियाँ एटिएम ह्याकरलाई सघाएको भन्दै ३ मनि एक्सचेञ्ज सञ्चालक पक्राउ
काठमाडौं -नेपालका बैंकहरुको एटीएम ह्याक गरी रकम झिक्ने चिनियाँ नागरिकले पैसा साट्न प्रयोग गरेको दुई मनी एक्सचेन्जका सञ्चालक पक्राउ परेका छन् । उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नेपालय मनी एक्सचेन्ज र डेक्सो मनी एक्सचेन्जका सञ्चालक रहेका छन् । मनी एक्सचेन्जका सञ्चालकहरु देवनाथ लामा रोशन श्रेष्ठ र रेवती दवाडीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
चिनियाँ ह्याकरहरुले काठमाडौंको ठमेलमा रहेको ती दुई मनी एक्सचेन्जबाट २९ लाख ९९ हजार नेपाली रुपैयाँ साटेर २५ हजार ८ सय ६२ अमेरिकी डलर लिएका थिए ।
स्रोत नखुलेको रकम साटेकाले अनुसन्धानका लागि पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र वोगटीले जानकारी दिए ।