Uncategorized
कार्यालय समयमा ट्रेड युनियनलाई गतिविधि गर्न प्रतिबन्ध
काठमाडौं – कार्यालय समयभित्र कर्मचारी सम्बद्ध ट्रेड युनियनले कुनै पनि गतिविधि गर्न नपाउने गरी सरकारले प्रतिबन्धको तयारी गरेको छ । कार्यालय समयमै विभिन्न गतिविधि गर्दा सेवाप्रवाहमा गम्भीर असर परेको विश्लेषण गर्दै कार्यालय समयभित्र कुनै पनि गतिविधि गर्न नपाउने प्रावधानसहितको नयाँ कानूनी व्यवस्था गर्न लागिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रस्तावित निजामती सेवा विधेयकमा ट्रेड युनियनसम्बन्धी व्यवस्था गरिए पनि ट्रेड युनियनले कार्यालय समयमा कुनै पनि गतिविधि गर्न नपाउने व्यवस्था गरिने बताएका छन् भन्दै आजको राजधानी दैनिकले समाचार छापेको छ ।